NO MORE VIOLENCE AGAINST WOMEN AND GIRLS

During a workshop of media sensitization on sexual violence against women and girls in the Kabwe and Livingstone, I got the opportunity to interact with survivors of sexual violence in A Safer Zambia, (ASAZA) and ONE STOP CENTRE.

“I was raped three times within one month” said one of survivor of ASAZA, in the Kabwe and “I was sexually abused by my own biological father” said a nine years old survivor of One Stop Centre, in Livingstone, Zambia

ASAZA is where a survivors of sexual violence, report to police , get paralegal services and counseling and medical attention in one place.

ONE STOP CENTER, is where children of sexually abused are taking care.

Stories of survivors of sexual or gender based violence especially the stories by innocent children, pregnant ladies and disabled women and girls touched everyone’s heart.. Through the violence, they suffer a lot like psychologically disturbance, transmit on of sexual disease, unsafe abortion, stigma and lose of life. Sexual or gender based violence pushes the country backward in the terms of development. Poverty, maternal mortality and HIV infection rate increases daily..

Why do women and girls became victims? Why don’t people respect women and girls, as if women and girls are not human being like men? Where do we go to find out our dignity and respect ? Why does the Government also treat women and girls as a second grade citizen? Do the men compare the women with a cloth that whenever they like to change.

According to Zambia’s Anti-Gender Based Violence Act No. 1 of 2011, Gender- based violence means any physical, mental, social or economic abuse against a person’s gender.

Many of Zambian women and girls in rural areas as well as urban areas have had a bad experienced of the sexual or gender based violence e.g. defilement, rape, trafficking, beaten or marital rape.Most of perpetrators are family members, like father, step father, uncle, brother and neighbors, teachers and friends as well.

When I read through the online newspaper of my country (Nepal), I found almost every week one news about sexual or gender based violence against girls and women. In my country, this happens basically in rural areas. Perpetrators take advantage of young, poor and illiterate or uneducated girls.

Sexual or gender based violence against girls and women is a common problem in Zambia as well as all over the developing countries. Worldwide, an estimated 1 in 3 women will experience some form of sexual or gender based violence (SGBV) in their lifetime.

Women and girls are vulnerable due to lack of education, poverty, gender inequality and low status in the family or society. Some of the cultural practices also do not on the favour girls or women and contribute to increase sexual or gender based violence.

The government and non government organizations are working to eliminate sexual or gender based violence ..
Government, through the Gender in Development Division (GIDD), has launched the National Action Plan on Gender Based Violence 2010-2014 and the Nation Gender Communication Strategy 2010-2015.

Non Government like,Tisunge Ana Athu Akazi Coalition (TAAAC) is working to eliminate violence against girls from Zambia on the help of United Nations Trust Fund. Tisunge Ana Athu Akazi means lets save our girls in local language.

Once the case of SGBV reported in police or other organization, victims get counseling, medical attention and paralegals support for justices. According to the law of Zambia, when the court adjudication is in t favours of the survivor , then perpetrator will pay compensation or will be sentenced to jail for more then one year or both.
But most of SGBV cases are not reported because survivors do not know the process and importance of reporting. They fear to end up their family or marriage relationship. Sometime they also receive threats from perpetrators.

In order to fight with sexual or gender based violence scourge, gender activists annually commemorate the “ 16 Days of activism against Gender Based Violence” every year among the 164 countries of the World. This year we are also going to commemorate 16 days activism against Gender Based Violence with the theme of “ From Peace in the Home to Peace in the World: Lets Challenge Militarism and End Violence Against Women”.

Despite the increasing awareness on the issues of sexual or gender based violence, girl and women all across the world and Zambia particularly, continue to experience different form of violence.

There is weak enforcement of laws against sexual or gender based violence because there are no specific laws and policy guideline on it. Not enough victim support units and counseling services for girls and young women who have experienced sexual or gender based violence.

As a gender activists, lawyers, journalists, human rights activists and citizen of Zambia let’s give the pressure to Government for making strong policy and laws on the sexual or gender based violence. And also sensitize the traditional leader and men and boys of communities to say no more violence against women and girls. And let women and girls live free from all kinds of violence.

जाने होइन त सिअवोङ्गा? (यात्रा वर्णन)

नोवेम्वर १५ तिरको कुरो हो। अफिसका साथीहरुको फेसबुक स्ट्याटस थियो,“Siavonga is a danger zone for dating”, “If your boy friend propose you to go to Siavonga just refuse”.हामी यस्तै यस्तै स्ट्याटस पढ्दै हाँस्दै बसेका थियौँ। कुरा के भने केही दिन अगाडि एक प्रेमी आफ्नो प्रेमीकालाई सिअवोङ्गा घुमाउन लगेर गोली हानी हत्या गरेको रहेछ। त्यसपछि सिअवोङ्गा पत्र पत्रिकाको समाचार, फेसबुकको स्ट्याटस र साथीभाइ बीचको रमाइलो बनेको थियो। मेरो जाम्बिया बसाई सिधिन थालेको थियो। त्यसैले मैले सधै मेरो सुपरभाइजरलाई भन्थे हामीलाई कुनै राम्रो ठाँउमा घुमाउन लैजाउन। थाहै नपाई हामी पनि डिसेम्वर १मा जाम्बियाको रमनिय स्थल सिअवोङ्गा जाने भयौँ।

हामी तीन जना केटीहरु,म मसंगै बस्ने साथी र मेरो सुपरभाइजर बिहान नौ बजे अफिसमा भेटेरसंगै जाने कुरा भयो। साढे नौ बजे लोकल बस पार्क पुग्यौँ। लुसाकाबाट करिब दुई सय कि.मी. दक्षिण पूर्वमा पर्न सिअवोङ्गा जानलाई ५२ र ५२ हजार जाम्बियन पैसा नेपाली आठ सय तिर्यौ। चार लाइनको माइक्ररो बसको पछाडिको लाइनमा दुइ साथी र म चाहिं दोस्रो लाइनमो ढोका छेउको झ्यालमा बसेँ। १८ जना अट्ने त्यो गाडी भरिन एक घण्टा लाग्यो। सहि नसक्नु गर्मी त्यस माथि बस पार्कमा अनेक समान बेच्नेले यो ले त्यो ले भनेर दिक्क लाइरह्यो। एउटाले त अती नै गर्यो। मेरो अगाडि ऐना देखाएर किन की किन भन्न थाल्यो, मलाई चाहिएको छैन भन्दा छिमेकीको लागि किन भन्यो। तेसको कुरा सुनेर पछाडि बसेका साथी हाँस्न थाल्यो मैलेँ चाहि रिसले आँखा देखिन। मलाई यती किचकिच कसैले नेपालमा गरेको भए नराम्रो भेटी सकथ्यो तर यहां अर्काको ठाँउमा रिस थामेर बसेँ।

एक घण्टाको दिक्दार पर्खाइपछि बसपार्कबाट गाडी हुइकियो। गाडीमा चारजनाको समूहले मोबाइलमा ठूलो आवाजमा गीत बजाई गफगाफ गरिरहेका थिए। उनीहरुको मोबाइलको आवाजले कसैलाई असजिलो भएको उनीहरुलाई पतै थिएन्। तीनलाई देखेर म पनि सम्झनामा हराए। आप\mना बेलामा जनकपुरबाट कमला खोलामा पिकनिक खेल्न गएको सम्झना आयो। जनकपुरबाट कमला खोलाको जानेक्रममा एक घण्टा साथीभाइसंग मीलेर बसमा हल्ला गर्यो गीत गाएर रमाइलो गर्थ्यौ। त्यसले अरुलाई असजीलो भएको पतै हुदैनथ्यो। आफुलाई परेपछि बल्ल थाहा हुन्छ भने जस्तो अहिले मलाई भैरहेको थियो।

माइक्ररो बसमा लामो यात्रा कती गाह्रो हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरो हो। मेरो पछाडिको मान्छेले घरिघरी खुट्टा तन्काउथ्यो। उसको खुट्टाले मेरो खुट्टालाई छुन्थ्यो, म फर्क्क पछाडि फर्केर त्यसलाई हेर्थे। मेरो दिक्दार हेराई देखेर त्यसले खुट्टा खुम्चाउथ्यो। आधा घण्टा मात्र बितेको थियो, अप्ठ्यारो बसाई अझै तीन घण्टा कसरी बित्ला भन्ने सोचेर झ्यालबाट हेरिरहे। अचानक ड्राइभरले ट्राफिक नियम उल्नघन गरेको भन्दै ट्राफिकले गाडी रोक्यो। ड्राइभरले नियम उल्नघन गरे वापत जरिवाना नतीरि वादबिवाद गरिरह्यो। यात्रुहरुको दबाबले गर्दा ड्राइभरको केही सिप नलागेपछि जरिवाना तीरेर गाडी हुइकायो।

चार लेनको चिप्लो बाटो, बाटोको दुबै छेउमा सानासाना रुख भएको जंगललाई पछि पदै गाडी कुद्न थाल्यो। जंगलदेखि केही पर ससाना पहाड, पहाडको तलतल देखिएको फाँटले चोभारको बाटोबाट नखु फाँट देखिए जस्तो लाग्यो। झ्यालबाट एकोरो रमनिय दृश्य देख्दा छोरा र श्रीमानको सम्झना आयो। अहिले यहां दुबै जना भएका भए यो यात्रा कती रमाइलो हुन्थ्यो। यस्तै अनेक कल्पना गर्दै मन नेपाल पुगेर रम्न थाल्यो। अचानक मेरो कल्पना भङ्ग गर्दै मेरो कानै छेउमा एक आवाज गुन्जीयो, Hello darling I have a massage for you. म फन्नक पछाडि फर्किए। त्यो त त्यही खुट्टा पर्साने मान्छेको फोनको रिन टोन रहेछ। म एक्लै एकछिन सम्म हाँसिरहे, मान्छेलाई कस्तो कस्तो रिन टोन राख्नु पर्ने।

दुई पहाडहरुको बीचमा दुई लेनको चिप्लो बाटोमा गाडी उकालो लागीरहयो। पहाड जंगल खहरे खोला आदिले मलाई फेरि नेपाल पुर्यायो। यो बाटो हेटौडाबाट भिमफेदी, कुलेखानी, दक्षिणकाली हुदै काठमाडौ जाने बाटो जस्तै जस्तै छ। पहिला बि्रटिशले राज्य गरेको देश त्यही भएर पहाडमा पनि दुई लेनको चिप्लो बाटो छ। हाम्रो नेपालको पहाडको बाटो भन्दा धेरै राम्रो छ। म प्रकृतीको रमाइलो दृष्यमा हराई रहेको थिएँ। मेरो एकाग्रहता तोड्दै फेरि त्यो रिन टोन बज्यो Hello darling I have a massage for you.

त्यो रिन टोनले वास्तविक्तामा फर्किएकी म गाडीको गती देखेर झस्किए। गाडी एक सय बीसको इस्पीडमा हावामा उडे जस्तो गरी गुडिरहेको थियो। पछाडि बसी रहेको मेरो साथी र अरु दुई जना करायो। ड्राइभरलाई कसैले त इस्पीड कम गर्न भन। पहिला सबैले कराएर जरिवान तीर्न लगाएको सम्झेर होला ड्राइभरले सुने पनि नसुने जस्तो गरी कुदाइ रह्यो। गाडीको इस्पीड देखेर अब यही मरिने भइयो भनेर जीउ सिरिङ्ग सिरिङ्ग भैरहयो।

ड्राइभरले सबैको सातो लिइसके पछि उकालो बाटोमा गाडीको इस्पीड कम गदै तीन बजे सिअवोङ्गा पुर्यायो। जहां विधुत उत्पादन गर्न बनाइएको संसारकै सबै भन्दा ठूलो मानव निर्मीत करिबा ताल छ। ताल करिबाको लम्बाई २२० कि. मी. र ४० कि. मी. चौडाई छ भने ५५८० वर्ग कि.मी. मा फैलिइको छ। सिअवोङ्गा पुग्ने जो कोहीलाई पनि ताल र तालको वरिपरीको दृश्यले स्वर्गीय अनुभुती दिन्छ। जाम्बिया आउने सबैले एक पटक पुग्नै पर्न सिअवोङ्गा, साँचैनै साह्रै रमनिय स्थल रहेछ।

महिला हिंसाको फरक स्वरुप

संसारमा दुई जाती छन्, एक महिला र अर्को पुरुष । आधा आकाश महिलाले ढाकिएको छ । अझ नेपालको हकमा त आधा भन्दा बढी आकाश महिलाले ओगटेका छन् । यसरी जनसंख्याको हिसाबले महिला धेरै भएपनि यिनीहरु नै सधैं लैङ्गकि हिंसाका सिकार हुनेगरेका छन् । चाहे त्यो यौन हिंसा होस वा घरेलु हिंसा । तथ्याङ्कहरुले देखाए अनुसार, संसार भरि नै हरेक तीन महिला मध्ये एकले आफ्नो जीवनकालमा लैङ्गकि हिंसाको नमीठो अनुभव संगालेका हुन्छन् । अझ अविकसित र विकासशील मुलुकहरुका महिलाहरुको अवस्था भयावह देखिन्छ ।

लैङ्गकि हिंसा भन्नाले कुनै व्यक्ति लैङ्गकिताकै आधारमा हिंसाको सिकार हुनु भन्ने बुझिन्छ, चाहे त्यो व्यक्ति महिला होस वा पुरुष । लैङ्गकि हिंसाका पिडित ९९ प्रतिशत महिला र नगन्य मात्रामा पुरुष हुन्छन् । त्यसैले सामान्य रुपमा लैङ्गकि हिंसा भन्ने बित्तिकै महिला माथि हुने हिंसा भन्ने बुझिन्छ । सेन्टर फर वमेन ग्लोबल लिडरसिपले दुई दशक अगाडि संसारबाटै लैङ्गकि हिंसाको अन्त्य गर्नका लागि एक अभियानको सुरुवात गरेको थियो । यो अभियान हरेक वर्ष १६ दिन (नोवेम्भर २५ महिला विरुद्द हिंसा विरुद्ध अन्तराष्ट्रिय दिवस देखि १० डिसेम्बर अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन) सम्म मनाइन्छ । सन १९९१ देखि १ सय ६४ देशहरुले लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियानको क्रममा जनचेतना मुलक र महिला शसक्तिकरण सम्बन्धि विभिन्न कार्यक्रम गर्ने गरेको छन् । यस वर्ष १६ दिने अभियान विश्वमा शान्ति छाउन घरबाट सुरुवात गरौं, महिला हिंसा अन्त्य गर्न सैन्यवादलाई चुनौती दिउँ भन्ने नाराका साथ संसारभरि मनाइदैछ । यहां जाम्बियामा शान्ति स्थापना गर्न घरमा शान्ति निमार्ण गरौं, महिला र बालवालिका बिरुद्ध हुने हिंसा अन्य गर्न हामी संगठित र ऐक्यवद्ध होऔ भन्ने नाराका साथ मनाउदैछन् । नेपालमा पनि घर शान्ति नै विश्व शान्तिको आधार, दमन प्रतिवाद गरी महिला हिंसाको अन्त्य गरौं भन्ने नाराका साथ देश व्यापीरुपमा यो कार्यक्रम मनाइदैछ । यसरी संसार भरी लैङ्गकि हिंसा अन्त गर्न अनेक कार्यक्रम र अभियान चलाए पनि अविकशीत र विकाशसील मुलुकहरुमा लैङ्गकि हिंसा घटनाहरु घट्नुको साटो बढ्दो क्रममा रहेको देखिन्छ ।

जाम्बियामा बहुविवाहलाई कानुनी मान्यता दिएकोले महिलाहरु हिंसामा परेका छन् । परुषले एक भन्दा बढी बिहे गर्ने र पहिलो श्रीमतीलाई अङ्गभङ्ग हुनेगरि कुटपिट गर्ने, घरबाट निकाल्ने छोराछोरीलाई नर्हेने गर्ने गरेको पाइन्छ । यहांका केही संस्कृति परम्पराले पनि महिलालाई हिंसामा पारेको छ । नेपालको उल्टो यहां जाम्बियामा मागी बिहे गर्दा केटाले केटीको आमाबुबालाई राम्रै दाम तीर्नु पर्ने हुन्छ । पैसाको लोभमा छोरीलाई विवाहित बुढो जो कोहीलाई दिने गरेको पाइन्छ । विधवा महिलाले विवाह गर्न चाहेमा मृतक श्रीमान्को दाजु वा भाइसंग रात बिताउनु पर्न हुन्छ, यस्ता संस्कृतिका कारण महिलाहरु वैवाहिक बलत्कारका पीडित बन्ने गरेका छन् । हाडनाता करणीका कारण पनि यहां धेरै महिला पिडित हुनेगरेका छन् भने नाबालिग केटीहरु दुव्र्यहवारका कारण पीडित हुनु परेको छ ।

नेपालका तराईका महिलाहरु भनेजति दाइजो नल्याएकोमा पीडित बन्ने गरेका छन् भने तीजमा माइतीले सासुलाई गहना, लुगा र राम्राराम्रा कोसेली पुर्याउन नसकेकोमा पहाडे महिलाहरुले मानसिक हिंसाको सिकार हुनुपरेको छ । महिलाहरु छोरा नजन्माएकोमा, धेरै छोरी जन्माएको,जड्याह श्रीमान, त कहिलै आफ्नो खुट्टामा उभिन, घर बाहिर काम गर्न गएकोमा हिंसाको सिकार हुनु परेको छ । महिला माथि यतिसम्म हिंसा हुन्छ कि उनलाई यौन कार्यका लागि वस्तु सरह बजारमा बेचिन्छ ।

नेपालमा महिला माथि हुने घरेलु हिंसाका पीडक घरकै सदस्य भएपनि यौन हिंसाका पीडक प्रायस् आफ्ना नातेदार हुदैन्न् । तर यहां जाम्बियामा महिला माथि हुने यौन हिंसाका पीडक जति बाहिरका मान्छे त्यति नै घरका सदस्यहरु -बाबु, सौतेनी बाबु, दाजु, भाइ, काका, मामा ) हुन्छन् । महिला माथि हुने हिंसामा पुरुषका सहयोगी महिला हुनु र कहिले कांही स्वंम महिला नै महिलाको पीडक हुनु सबै भन्दा दुखको कुरा हो।

श्रीमतीलाई गरगहना र पूर्ण ऐस आरामका साथ राख्न नसक्ने पुरुष अहिलेसम्म हिंसाको सिकार हुनु परेको छैन । भने दाइजो नल्याएकोमा किन महिलालाई हिंसाको सिकार बनाइन्छ ? छोरी जन्मनुका कारण पुरुष भएपनि किन महिलालाई पिडित बनाइन्छ ? श्रीमती मरेकी पुरुषले दोस्रो विवाह गर्दा कुनै अड्चन हुन्न भने विधवा महिलालाई किन अनेक वाधा अड्चन लगाइन्छ ? पुरुषले आफ्ना आमा र दिदीबहिनीलाई सम्मान गरे जस्तै अरुका आमा दिदबिहिनी र श्रीमतीलाई किन सम्मान गदैनन् ?

संयुक्त राष्ट्र संघले सन १९७९ मा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि पारित गरिएको थियो । जसलाई नेपाल र जाम्बिया दुबै देशहरुले हस्ताक्षर गरी अनुमोदन गरेका छन् । तापनि दुवै देशका समाजमा महिला विरुद्ध हुने भेदभाव यथावत छन् । यी पुरुष प्रधान देशहरुमा महिलालाई दमन गर्नका लागि हिंसाको सिकार बनाइन्छ । महिलाहरु पुरुषको दांजोमा अशिक्षित र शारिरीक रुपका कमजोर हुनु, सम्पतिमा महिलाहरुको पहुंच नहुनु र महिलाहरुको सरीरको प्राकृतिक बनावटका कारण महिलाहरु हिंसाको सिकार हुनु परेको छ । साथै महिला हिंसा विरुद्ध भएका फितलो कानुनी कार्यवाही र दण्डहीनताका कारण पनि महिला विरुद्ध हुने हिंसाले प्रश्रय पाइरहेका छन् ।

लैङ्गकि हिंसाका पीडित महिलाहरुलाई सामाजिक र कानुनी सहयोग र पुनस्स्थापनाका लागि नेपालमा माइती नेपाल, ओरेक, साथी जस्ता महिलाकर्मी संस्थाहरु छन् । त्यस्तै जाम्बियामा पनि युवा महिला क्रिश्चियन संघ र सुरक्षित जाम्बिया नाम गैह्र सरकारी संस्थाहरुले लैङ्गकि हिंसाका पिडित महिलाहरुको उद्धार गर्ने गरेका छन् । यी संस्थाहरुले पीडितलाई कानुनी सल्लाह, औषधोपचार र पुनस्स्थापनाका लागि सहयोग गर्ने गर्छन् । साथै पीडितलाई क्षतिपूर्ति र पीडकलाई दण्ड सजाय दिलाउनेसम्मका काम गर्छन् ।

महिलावादी संस्थाहरुले यति गर्दागदै पनि लैङ्गकि हिंसाका थोरै मात्र घटनाहरु प्रहरीमा दर्ता हुन्छन् । दर्ता भएकामध्ये पनि थोरै पीडकलाई दण्डसजाय भएको देखिन्छ । महिलाहरुले आफ्नो र घरको इजत्त जाला भन्ने डरले आफु माथि भएका हिंसाका घटना बाहिर ल्याउदैन्न् । श्रीमान र घरपरिवारसंगको नाता सम्बन्ध समाप्त हुने डरले पनि यस्ता कुरा बाहिर ल्याउदैन्न् । पीडकले पीडितलाई भौतिक आक्रमण गर्ने धम्की दिएको कारण पनि लैङ्गकि हिंसाका घटनाहरु बाहिर आउदैनन् ।

महिला भएकै कारण श्रीमान् वा अन्य पुरुषबाट कुटिनै पर्ने, हेपिनै पर्ने, बलत्कृत हुनै पर्ने र अन्याय सहनै पर्ने कुनै संस्कृति समाप्त पार्ने पर्छ । यो त महिलालाई कमजोर ठानी बलियो छु भन्ने ठान्ने पुरुषले गर्ने अपराध हो । युद्धभूमिमा होस् वा वेश्यालयमा, बारमा होस् वा विद्यालयमा, बाहिर होस् वा घरमा जहा भएपनि यो एउटा अपराध नै हो । अपराध गर्नु भन्दा पनि अपराधीलाई सरंक्षण दिनु ठूलो अपराध हो । महिलाहरु कमजोर छैनन् । उनीहरुमा साहसको कमि मात्र देखिन्छ । साहसी भएर आफुमाथि हुने सबै प्रकारका लैङ्गकि हिंसाको अन्त गर्न प्रतिकार र प्रतिवाद गरौं । आफुमाथि भएका लैङ्गकि हिंसा बारे खुलेर प्रतिवाद गरी पीडकलाई कानुनी दायरामा ल्याई दण्ड सजाय गरौं । आफुमाथि हुने हिंसा अन्त गर्न आफै अघि सरौं । महिला शसक्तिकरण गरी परिवार, समाज, राष्ट्र र अन्तराष्ट्रिय स्तरबाट लैङ्गकि हिंसाको अन्त गरौं ।

किचेन पार्टी – एक अनौठो संस्कृती

अग्नीको सात फन्को गरी सिन्दुर पोते गरेर गरेको बिहे कसैको लागि अनौठो हुन्छ भने एक अर्कामा औंठी साटासाट गर्दै आफन्त र समाजको अगाडि चुम्बन गरी गरेको बिहे कसैको लागि अनौठो हुन जान्छ । संसारमा थरिथरीका देश, थरिथरीका देशमा थरिथरीका मानिस, थरिथरीका मानिसका थरिथरीका परम्परमगत संस्कृती छन्।

दक्षिणी अपि|mकी मुलुकहरु मध्येको एक देश जाम्बियामा किचेन पार्टी भन्ने एक अनौठो संस्कृती परम्परागत रुपमा मनाउदै आएको पाइन्छ । यो परम्परा मनाउने तरिका भिन्नाभिन्नै भएतापनि प्राय: सबै अपि|mकी मुलुकमा यो परमपरा मनाइएको पाइन्छ । यो संस्कृती परम्परा विवाहको केही हप्ता वा महिना अगाडि तीन चार दिनको अन्तरालमा केटा र केटी दुबैको घरमा एक एक कार्यक्रम गरी सम्पन गरिन्छ ।

विवाह गर्ने पक्का भइसके पछि हुनेबाला बेहुलीको घरमा एउटा भोजको कार्यक्रम आयोजना गरिन्छ। कार्यक्रमका निम्तालुहरु सत प्रतिसत महिला मात्र हुन्छन्। यहां सम्म कि घरका पूरुष सदस्यहरु पनि सहभागी हुन पाउदैनन्। हुनेबाला बेहुलीलाई अतिथीका सामुने बस्ने गरी स्टेज बनाईएको हुन्छ । सोह्र सृगांरका साथ गुम्टीमा रहेकी हुनेबाला बेहुलीलाई आमा, दिदीबहिनी र नजिकका नातेदारहरुले नृत्य र संगितका साथ ल्याएर स्टेजमा राखिदिन्छन् । जहां हुनेबाला बेहुलाको आमा, दिदीबहिनी र नजीकका केही महिला नातेदारलाई विषेश आर्दरका साथ सहभागी गराइएको हुन्छ । हुनेबाला बेहुलाले केही पैसा र उपहार राखि हुनेबाला बेहुलीको घुम्टो उठाउछ अनि हुनेबाला बेहुलीले पनि बेहुलालाई उपहार दिने चलन छ। हुनेबाला बेहुलीको घुम्टो उठाउन बेहुला र उसका दुइ साथीलाई केही बेर मात्र कार्यक्रममा सहभागी गराइछ । हुनेबाला बेहुलीले आप\mना सासू र आमाजू नन्दहरुलाई उपहारका साथ ढोगभेट टकर्याउदै स्वागत गर्छिन् भने उनीहरुले पनि हुनेबाला बेहुलीलाई मुख देखाई स्वरुप उपहार दिन्छन्। हुनेबाला बेहुली आप\mनी आमासंग बिदाई र माया र साथका लागि धन्यबाद भन्ने आसयका साथ उपहार दिएर ढोगभेट गर्दा भक्कानिन्छ। प्रकृतीको देन, जुनसुकै देशको भएपनि नारीलाई आप\mनो जन्म घर र आमाबुबालाई छोडी पराई घर जानु पर्ने पिडाले भाभुक बनाउछ।

किचेन पार्टी नाम गरिएको यो कार्यक्रमका अतिथीहरुले ल्याउने सबै उपहार किचेन वा भान्सासंग सम्बन्धित हुन्छन्। आफन्तलाई ढोगभेट काम सकिएपछि अतिथीले उपहार दिने र खानपानको कार्यक्रम शुरु हुन्छ। अनौठो कुरा त के भने, हरेक पाहुनाले आफुसंग ल्याएको उपहार हुनेबाला बेहुलीका सामु खोलेर त्यो सामान प्रयोग गर्ने तरिका सिकाई दिने चलन रहको छ। अनत्यमा हुनेबाला बेहुली र नातेदारहरु मिलेर सबै उपहारहरु फेरि प्याक गरेर केटीले घरजम गरी बस्ने घरमा पठाइन्छ।

नेपाली समाजमा रत्यौली खेले जस्तै, महिला मात्रको उपस्थिती र मदिरापान गरेर नाच्ने गाउने गर्दा कार्यक्रम छाडा हुन जान्छ। जाम्बियन महिलाहरु मदिरापान गर्न रुचाउने भएकाले यस्ता कार्यक्रममा मातेर लड्ने गरी पिउछन्। केटी घरजम गर्न कतिको सक्ष्म छ भने कुराको जाँच गर्ने उदेश्यले दोस्रो पटकको कार्यक्रम गरन्छि।

हुनेबाला बेहुलीको घरको भोजभतेर सकेको तीन चार दिन पछि हुनेबाला बेहुलाको घरमा कार्यक्रम आयोजना गरिन्छ तर शुरुवात भने केटीको घरबाट हुन्छ। बिहानै देखि हुनेबाला बेहुलीले पकाएको विभिन्न थरीका परम्परागत परिकारहरु लिएर उनका केही नजिकका आफन्त र साथीहरुले हुनेबाला बेहुलाका घरमा पुर्याउछन्। केटीको घरबाट आएको खाना केटाको घरको सदस्य र आफन्तलाई ख्वाइन्छ। यसैको आधारका केटी भान्साको काममा कतिको सक्ष्म छिन् भने कुराको अनुमान लगाइन्छ। साँझ केटीलाई केटाको घरमा ल्याइन्छ।

यहांका केटाकेटीहरु उर्मदै तीनपात भने जस्ता हुन्छन्। तेह्र चौध वर्ष लाग्दा नलाग्दै यौन कि्रयाकलापमा आइए. बिए. गर्न शुरु गरि सोह्र देखि बीस वर्ष पुग्दा नपुग्दै यस विषयमा विद्यावारिधी गरे जस्ता हुन्छन्। सबै भन्दा उदेक लाग्दो र अनौठो कुरा त के भने, यीनै विद्यावारिधी गरेका केटाकेटी मध्येका दुई हुनेबाला बेहुला बेहुलीलाई वैवाहिक जीवन कसरी सुखमय बनाउने र यौन सम्पर्क कसरी गर्न भनेर सिकाइन्छ। साथै बन्द कोठामा चार पाँच विवाहित महिला र समाजका अगुवा छानिएकी महिलाहरुको अगाडि सिकाइएका कि्रयाकलाप गर्न पनि लगाइन्छ। त्यसपछि ती समाजका अगुवा महिलाले हुनेबाला बेहुला बेहुली एकअर्कालाई खुशी राख्न सक्ष्म छन् भनेर घोषना गर्छिन्। अन्तमा समय अनकुल मिलाएर चर्चमा विवाह सम्पन गरिन्छ।

यो संस्कृती मनाउदा गोप्नियता सम्बन्धि मौलिक अधिकार हनन हुन्छ किन यस्तो गरेको भनि प्रश्न गर्दा, वर्षौ देखि मनाउदै आएको संस्कृती र परम्पराको समर्क्षण गर्नका लागि निरन्तरता दिएको जाम्बियनहरु बताउछन्।

पूर्वका थारु समुदायले मनाउने सुखरात पर्व (तिहार)

हिन्दु धर्म अनुसार वर्षका चार महत्वपूर्ण रात्रिमध्ये लक्ष्मीपूजाको रात एक हो। यस रातलाई सुखरात्रि वा सुखरात भनिन्छ । सुखरात – सुखका रात, पूर्व सुनसरी र मोरङका थारु समुदायले तिहारलाई सुखरात भन्ने गर्दछन् । धुमधामका साथ मनाइने यो पर्व थारु समुदायको लोकपि्रय र मुख्य पर्वको रुपमा चिनिन्छ । सुखरातको पर्खाई यहाँका थारु समुदायलाई वर्षैभरी नै हुन्छ । सुखरात सुरु हुनु पन्ध्र दिन अगावै देखि थारु म्ाहिलाहरु व्यस्त देखिन्छन् । घर वरिपरी स˚ासुग्घर गर्ने, लिपपोत गर्ने, घरका भित्ताहरुमा फूलबुट्टा बनाई रङ्गरोगन गर्ने आदि ईत्यादि काम भ्याइनभ्याइ हुन्छ ।

हिन्दु धर्म अनुसार यमपञ्चक वा तिहार पाँच दिन सम्म मनाईछ भने पूर्वका थारु समुदायले यो पर्व छ दिन सम्म मनाउँछन् । यो पर्व कात्तिर्क कृष्ण पक्ष त्रयोदशी देखि कात्तिर्क शुक्ल पक्ष त्रितिया तिथी सम्म मनाइन्छ । सुखरातको पहिलो दिन यमदुत मानिने कागलाई खानेकुरा दिइर मनाइन्छ। दोस्रो दिन यमराजको अर्को दुत र भैरवको वाहान मानिने कुकुरको पूजा गरी मनाइन्छ।

सुखरातको तेस्रो दिनलाई गाई वा लक्ष्मी पूजाको दिन भनिन्छ । यस दिन बिहानै देखि घर आँगन गाईको गोवरले लिपपोत गरि शुद्ध पारिन्छ । हिन्दु धर्म अनुसार गाईलाई लक्ष्मीको प्रतिक र गौमाता मानिन्छ त्यसैले यस दिन बिहान गाईको पूजा गरिन्छ । साँझ थारु समुदायका गाम्र देवताको थान भनिने स्थानमा घरघरबाट दियो बत्ति लगेर बालिन्छ । गाम्र देवताले हरेक आपत विपतबाट गाउँको रक्षा गर्छ भन्ने जन विश्वाश रहेको पाइन्छ । त्यही भएर हरेक विषेश अवसरमा गाम्र देवताको आहवान गरिन्छ । लक्ष्मीपूजाको रात कार्तिक कृष्ण औशीको अन्धकार रातलाई उज्यालोमा परिनत गरि घरभरि दियो बत्ति बाली लक्ष्मी देवीको आहवान गरिन्छ। घर वरिपरिका खेतबारी र घरभरि दियो बत्ति बालेर धनधान्यकी देवी लक्ष्मी देवीको पूजा गरिन्छ ।

यस पर्वको चौथो दिन गोवधन र गोरु पूजा गरी मनाइन्छ । यस दिन बिहानै घर आँगन गाईको गोवरले लिपपोत गरि सबैका घरघरमा बगिया -चामलको पिठोबाट बनाइने विषेश थारु परिकार) बनाइन्छ । घरको जेठी बुहारीले बगिया पान सुपारी केराको पातमा राखेर कुलदेउतालाई चढाई घर परिवारको सुख समवृद्धिको कामना गर्दै पूजा आराधना गर्छिन् । घरको विवाहित जेठा छोराले सफा गरिएको गोठमा सानो खाल्टोमा अंडा र रक्सी हालेर पुर्छ । त्यसपछि बगिया, पान सुपारी अक्षता आदि चढाई गोवधनपूजा गर्छ । परिवारमा चलिआएको रितीरिवाजलाई नयाँ पुस्तालाई हतान्तरण गर्नाका लागि पनि यस्तो पूजापाठ घरको जेठो सदस्यबाट गराइन्छ । कृषकलाई वर्षैभरि खेतिपाती गर्न सहयोग गर्ने गोरु, हलो र फलीको पूजा पनि यसै दिन गरिन्छ । खानपानको दृष्टिकोणले विषेश मानिने यस दिन घरघरै खसि काट्ने वा मासु र रक्सी भित्र्याउने गरिन्छ । दिउँसो देखि सुरु हुने खानपान र नातेदार र साथीसंगीहरुसंगको भेटघाट मध्य रात सम्म चलिरहन्छ ।

सुखरातको पाँचौ दिन भाइटीका गरि मनाइन्छ । यस दिन दाजुभाइलाई बिहानै देखि दिदीबहिनीहरु कहाँ टीका लगाउन जान चटारो देखिन्छ । दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका माला लगाई आशिश र गक्ष अनुसारको उपहार दिन्छन् भने दाजुभाइले पनि गक्ष अनुसारको उपहार दिन्छन् । यस दिन सबै दाजुभाइ दिदीबहिनीले एक आपसमा टीका, उपहार, मीठामीठा खानेकुरा र माया साटासाट गरि मनाउछन् । यस दिनले दाजुभाइ र दिदीबहिनी बीचको माया सधैं प्रगाढ बनाई राख्न मदत गर्छ ।

जमजितीया भनेर सुखरातको छैटौंं दिनलाई भनिन्छ । निम्तो गरी विवाहिता छोरीबेटी र उनका श्रीमानलाई यस दिन माइतीमा बोलाएर मीठोमीठो खोवाईन्छ । यो चलन विषेश गरेर यहाँका थारु समुदायमा मात्र पाइन्छ । हरेक विवाहित चेलीलाई माइती जान पाउदा खुशी हुन्छ नै तर नव विवाहिता चेली र उनका श्रीमानमा यस दिनमा विषेश उमंग देख्नपाइन्छ । सुनसरी मोरङ्गका सडकमा विषेश श्रृगार र ठाटबाटका साथ जोडीहरु दिनैभरि हिडिरहेको देख्नपाईन्छ । यो दिन मनाउनुको आ

The caterpillars for sell

There are many stories that tell us that human being can eat anything. In some circumstances, they have even eaten the flesh of human beings to exist. Last month, I went through news in one Nepali online newspaper that one Japanese tracker while returning back after reaching destination was accidently mislead and lost in the jungle. During the panic roaming for seven days inside the jungle, that tracker was coerced to eat soft leaves of plants and some insects to survive. We know that people in Korea, Japan and Thailand eat snakes, dogs, frogs, monkeys as a food. But, Caterpillars! I am shocked to see that Zambians eat dry Caterpillars as a food, like dry fish.

As we know, caterpillars fall in the category of insect. I have always been scared whenever I saw a caterpillar. I have never read or heard that people can eat a caterpillar. I first saw the caterpillars for sale in the open air market of Lusaka, Zambia. Many Zambians enjoy eating dry caterpillars as a relish with their traditional food called Nshima but they do not eat fresh caterpillars.

I was told that selling caterpillars was a big seasonal business in Zambia and many marketers are involved in the buying and selling of caterpillars. These caterpillars are collected from the forest in the summer season, which falls in October to December.

These caterpillars are preceded for cleaning and drying after the collection. People can get dry caterpillars throughout the whole year in the market of the Zambia. Zambia exports dry caterpillars to its neighboring countries and to the USA too.

Dry caterpillars are expensive itself in the market of Zambia. As you, see in the picture, caterpillars are ready for sell. A big container holds 200 and other small one contains 50 grams. The cost for big one is 5$ and for small one 1.5 $ only.

अपि|mकी नारीलाई कपालको दु:ख

केन्याको १९ दिने बसाँईको क्रममा धेरै अपि|mकी केटीहरु साथी भए । लगभग तीन हप्तामा ती साथीहरुको कपालको बनाबट तीन पल्टसम्म परिवर्तन भएको देख्दा छक्क परें । कहिले थाइ कट कहिले लामो स्टेप कट कहिले मूला रोप्न ड्याङ बनाए जस्तो टाउकै भरि मसिनो कपाल बाटेको त कहिले जोगीको कपाल जस्तो लठ्ठा परेको । त्यसपछि यिनका कपालप्रति केही जिज्ञासा भयो । यिनीहरुले त नककली कपाल पो लाउदा रहेछन् भन्ने कुरा थाहा पाए । यिनका अस्सली कपाल त उर्मदै घुम्रिएको हुन्छ र घुम्रिदै बटारिएर जरातिरै फर्केको हुन्छ । यिनका कपाल हामीले भाडा माझ्ने स्टिल झुस जस्ता बाक्लो खस्रो गुजुल्टिएर डल्लो पर्दै भुक्क फूलेको हुन्छ ।

एउटै संसारका हामी सबै, कोही गोरो कोही कालो, कसैको कपाल सल्लक परेको त कसैको स्टिल झुस जस्तो बटारिएको । केन्याको करिकुलम विभागमा र्कायरत एक इन्डियन दम्पिती जो तीस वर्षदेखि त्यहाँ बस्दै आएका छन् । उनले भन्थे यी अपि|mकीहरुको जीन यस्तो बलियो हुन्छकी यहाँका केटा वा केटीसंग अरु जो कोहीले बिहे गरेपनि तिनका सन्तानका कपाल बटारिएकै हुन्छ । सतीको सराप परे जस्तो ।

नेपालमा केटा र केटीले कपाल काट्ने ठाँउ र नाम भिन्दाभिन्दै हुन्छ तर यहाँ जाम्बियामा केटा केटी दुबैको कपाल काट्ने वा सिंगाने ठाँउलाई सैलुन भन्छन् । ब्यूटी र्पालर भनेर लेखिएको थोरैमात्र पाइन्छ । पुरुषहरुले आफ्ना कपाल छोटा पारेर काट्ने गर्छन् । यिनका कपाल बढ्दै गएपछि भुक्क परेर फल्दै माथिमाथि जान्छ साईबाबाको कपाल जस्तो । त्यसैले गर्दा केटीहरु आफ्ना कपाल छोटाएर नक्कली कपाल लाउनका लागि सैलुन धाउने गर्छन् ।

पाकिस्तानी र बंगाली नारीहरुलाई सुन्दरीमा गनिन्छन् किनभने उनका कपाल लामो र सल्लक परेको हुन्छ । भनिन्छ कपालले नारी सुन्दतामा सुनमा सुग्नध छर्ने काम गर्छ । त्यही भएर अपि|mकी नारीहरु कपालका लागि निकै खर्च गर्न बाध्य छन् । नब्बे प्रतिशत शहरी महिलाले नक्कली कपाल लगाउछन् । केहीले उनकै अस्सली कपालमा अनेक केमिकल लगाएर सिधा बनाएका हुन्छन् । जता फर्कायो उतै फर्किने गरी, खरको छाना जस्तो । विशेष गरेर चार प्रकारका नक्कली कपालका बनावट देख्न पाइन्छ यिनका टाउकोमा । १) ड्याङ जस्तो टाउकै भरी कपाल बाटेर ठूलो जुरो बनाइएको २) मसिनो ऊन जस्तो धेरै कपाल जोडेर लामो बनाइएको ३) जोगीको कपाल जस्तो लठ्ठा तीस चालीस वटा जोडेर बनाइएको ४) विभिन्न कटको चिप्लो कपाल पत्रपत्र पारेर अस्सली कपालमा सिलाएर बनाइएको कपडामा लेस जोडे जस्तै । यी बाहेक यिनीहरुले विभिन्न थरीका कपालका टोपी (wig) पनि लाउने गर्छन् ।

यसरी बनाइएका कपालका लागि यिनले नेपाली रु. २००० देखि ५००० सम्म खर्चने गर्छन् । गाँसिएका कपालले गर्दा यिनीहरु टाउको नुहाउदैनन् । दुई देखि तीन हप्तापछि जराबाट अस्सली कपाल निस्कन थालेपछि कपालको स्वरुप फेरीन थाल्छ । त्यपछि फेरी कपालको बनाबट फेर्न बाध्ये हुन्छन् यिनीहरु । हरेक महिना सेतो फुलेको कपालमा काला मेहंदी लगाए जस्तो । राम्री देखिन चाहने नारीको जीवनभरि यो लीला चलिरहन्छ ।

मेरो कपाल त्यती राम्रो छैन् र पनि यहाँका साथीहरुले तिम्रो कपाल जस्तो हाम्रो कपाल भइदिए त…… भन्ने गर्छन् । म त यहाँं लाटो देशमा गाडो तन्नेरी भने जस्तो भएकी छु ।

Previous Older Entries